Logout

चर्चामा

होलीको दिन बारामा भएको झडपमा एक महिलाको मृत्यु, वडाध्यक्ष घाइते

605 Shares

काठमाडौं । होली (तराई–मधेश) को दिन सोमबार बारामा भएको झडपमा एक महिलाको मृत्यु भएको छ ।

होली खेल्ने क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडामा भएको झडपमा ६५ वर्षकी सन्जा देवीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सन्जाको घटनास्थलमै मृत्यु भएको हो । झडपमा ६ जना घाइते भएका छन् । घटनामा संलगन भएको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै होली खेल्ने क्रममै भएको झडपमा कलैया उपमहानगरपालिका २६ का वडाध्यक्ष घाइते भएका छज् । दुई पक्षका युवाबिच झडप हुँदा छुट्टाउन गएका वडा नम्बर २६ का अध्यक्ष महेश साह घाइते भएका हुन् ।

युवाहरूको कुटपिटबाट साहको टाउकोमा चोट लागेको छ । कुटपिट गर्ने युवाहरु फरार भएका छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार