Logout

चर्चामा

अर्थमन्त्रीले भने : सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

933 Shares

काठमाडौं । पछिल्लो समय सेयर बजारमा आएको गिरावटप्रति आम लगानीकर्तामा त्रास फैलिएको बेला अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले ‘आत्तिनु पर्ने अवस्था नरहेको’ बताएका छन्।

उनले सेयर बजारमा देखिएको गिरावट वास्तविक नीतिगत निर्णयभन्दा बढी हल्ला र मनोवैज्ञानिक त्रासका कारण भएको स्पष्ट पारेका हुन्।

हालै बजारमा ‘सरकारले कडा नीति ल्याउने’ भन्ने चर्चा फैलिएको छ, जसका कारण लगानीकर्तामा अन्योल बढेको छ। तर अर्थमन्त्री वाग्लेले कुनै पनि ठोस नीतिगत निर्णय नभएको र बजारमा फैलिएको डर वास्तविकतामा आधारित नभएको बताएका छन्।

पछिल्ला दिनहरूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक उल्लेख्य रूपमा घटेको छ। केही दिनमै बजार सयौँ अंकले घट्दै लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको सम्पत्ति घटेको छ।

विशेषगरी नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयले पूँजीबजारसम्बन्धी नीतिमा ध्यान दिने संकेत दिएपछि बजारमा नकारात्मक प्रतिक्रिया देखिएको विश्लेषण गरिएको छ। तर हालसम्म कुनै औपचारिक नीति घोषणा भने गरिएको छैन।

यसैबीच, अर्थमन्त्रीले नियामक निकायहरूसँग छलफल गरी बजार सुधारका लागि आवश्यक कदम चालिने बताएका छन्। सरकारले पूँजीबजारको दीर्घकालीन विकास र संरचनागत सुधारमा ध्यान दिने पनि उनको भनाइ छ।

विश्लेषकहरूका अनुसार सेयर बजारमा आएको गिरावट मुख्यतः मनोवैज्ञानिक प्रभाव, सरकारी निगरानी बढ्ने आशंका तथा नीतिगत अनिश्चितताका कारण भएको हो।

अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई धैर्य गर्न आग्रह गर्दै हल्लाको पछि नलागी तथ्यमा आधारित निर्णय लिन सुझाव दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार