478
Shares
काठमाडौं । सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताउनुभएकाे छ ।
आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताउनुभयाे ।
आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उहाँको भनाइ छ ।
कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उहाँले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताउनुभयाे ।