Logout

चर्चामा

रहेनन् कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष

859 Shares

काठमाडौं । कैलालीमा एक स्थानीय तहका प्रमुखको मृत्यु भएको छ। मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

रावलको उपचारका क्रममा काठमाडौको अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए ।

लामो समयदेखि रक्तचापले ग्रसित रावललाई ४ दिनअघि ब्रेन ह्यामब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार