Logout

चर्चामा

प्रचण्डले भने– फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ

280 Shares

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।

उनले पार्टीको पदाधिकारी बैठकमा  यस्तो बिफ्रिङ गरेका हुन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा उनले अहिले आफूले गृह मन्त्रालय सम्हालेको र केही समय आफैंसँग गृह मन्त्रालय रहने बताएका हुन् । 

‘अदालतको फैसलाको पूर्णबाट नआएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय हुँदैन, प्रधानमन्त्रीसँग नै रहन्छ,’ पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

गत शुक्रबार सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले एकसाथ सबै पद गुमाएका थिए । 

आइतबार फेरि नागरिकता लिएपछि उनी पार्टी सभापतिमा चुनिए । लगत्तै उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई जसरी पनि गृह मन्त्रालय नै चाहिने अडान लिन थालेका छन् ।

तर, प्रचण्डले गैरसांसद लामिछानेलाई गृह मन्त्रालय दिन तत्काल सम्भव नभएको बताउँदै आएका छन् । मंगलबार विहान प्रचण्डले स्पष्ट जवाफ दिएपछि लामिछानेले सरकार छाड्ने चुनौतिसमेत दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार