सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सेना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा इमान्दार कार्यकर्ताको भविष्य उज्ज्वल देखेर एमाले प्रवेश गरेको उनले बताए ।
‘पार्टी एकता जोगाउन, देशको समृद्धिका लागि र देशलाई अग्रगामी रुपमान्तरणका लागि एमालेको महत्वपूर्ण भूमिका छ’, एमाले प्रवेश गर्दै उनले भने, ‘एमालेले मात्रै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउन सक्छ ।’
एमालेको नीति तथा विचार मन परेर प्रवेश गरेको बताउँदै उनले एमालेमा जे जिम्मेवारी पाए पनि बहन गर्ने प्रतिक्रिया दिए । त्यस्तै माओवादीका वीरेन्द्रनगर नगर कमिटीका सदस्य डिल्लीप्रसाद कँडेल पनि एमालेमा लागेका छन् ।
उनीहरुलाई एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गराउँदै कँडेलले भने– विगतका तितामीठा विर्सेर अघि बढौं ।
यो नि पढ्नुस्
नेकपा एमालेका नेता माधव कुमार नेपाल र भीम रावललाइ पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्दै पत्र पठाइएको छ । पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत गर्न गतिविधि गरेको भन्दै नेपाल र रावललाइ कारवाही गरिएको हो ।
यस्तो छ पत्र
विषयः निलम्बन गरिएको सम्बन्धमा ।
श्री माधव कुमार नेपाल,
सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,
नेपाल कम्युनिस्ट पार्टी (एमाले)।
तपाई, माधव कुमार नेपाललाई मिति २०७७।१२।०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईले मिति २०७७।१२।१२ मा पार्टीमा पेश गर्नु भएको स्पष्टीकरणको जवाफमा देहाय बमोजिम देखियोः
१ तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर वैठक भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरीरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।
२ स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्विकारोक्ती नगरेको, कुनै आत्मसमिक्षा नगिरएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थि प्रवृत्ति प्रष्ट रुपमा देखियो। आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुयाउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको।
३ आपराधिक कृयाकलापहरु स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भिरताका साथ लिनुको साटो तपाईले उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो।
४ तपाईले अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका निम्ती दुरुपयोग गर्ने सम्भावना देखिएको।
५ यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ ९शंसोधान २०७१ समेत० को धारा ४९ ९ख० बमोजिम हाललाई ६ ९छ० महिनाको लागि निरम्बन गरिएको छ।
तपाईलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बिचैमा पनि निलम्बनको अबधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिईएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ।
भीम रावललाइ पठाइएको पत्र
विषयः निलम्बन गरिएको सम्बन्धमा।
श्री भीमबहादुर रावल, सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,
नेपाल कम्युनिस्ट पार्टी (एमाले)।
तपाईं, भीमबहादुर रावललाई मिति २०७७÷१२÷०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईंले मिति २०७७/१२/१२ मा पार्टीमा पेस गर्नुभएको स्पष्टीकरणको जवाफमा देहायबमोजिम देखियोः
१ तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।
२ स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटिको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीइक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रस्टरुपमा देखियो। आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति प्रस्ट रुपमा थप पुष्टि भएको।
३आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भूलसुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो।
४ तपाईंले अहिले पनि पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमासमेत निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्नागलत उद्देश्य तथा मनासायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको।
५ यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ९ख० बमोजिम हाललाई ६ महिनाको लागि निलम्बन गरिएको छ।
तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ।