Logout

चर्चामा

सत्ता साझेदार दलहरूको बैठकका लागि ओली पुगे बालुवाटार

398 Shares

काठमाडौं । शक्ति बाडफाँटका विषयमा छलफल गर्न बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ ।

मन्त्रालयको भागबण्डा लगायतका विषयमा बैठकमा छलफल हुने छ ।

बैठकमा साझेदार दलका शीर्ष नेताहरु सहभागी छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।

शक्ति बाँडफाँटसँगै राप्रपालगायतका दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा पनि बैठकमा छलफल हुनेछ । राप्रपा, नागरिक उन्मुक्ति र जसपाले पार्टीहरूले सरकारमा सहभागी हुन विभिन्न सर्तहरू अगाडि सारेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार