Logout

चर्चामा

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

1.3k Shares

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो। 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। 

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गरिने मुख्य सचिव पौडेलले जानकारी दिए।


यस्तै समसामयिक राजनीतिका सन्दर्भ, विविध विषयमा छलफल हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार