265
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएका छन् । सिंहदरबार परिसरमा दलको नेतामा पराजित भएपछि गगनले आफू सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले आफू भोलिका दिनमा पनि दलको नेताको लागि तयारी गर्ने बताए ।
उनले भने,‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरु साथीहरु जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो म त्यसमा लागिरहन्छु, म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रुपमा मैले गर्नुपर्ने काम गरिरहन्छु ।’