Logout

चर्चामा

नाट मिस एयर हस्टेस इन्टरनेशनलको ताज अनुशालाई 

1.2k Shares


काठमाडौँ । नाट मिस एयर हस्टेस इन्टरनेशनलको ताज अनुशा कार्कीले जितेकी छिन् । बानेश्वर स्थित एभरेष्ट होटलमा शनिबार सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधिको साथमा विजेता घोषित भएकी हुन् ।

एयर हस्टेस पढिरहेका वा एयर होस्टेस बन्न इच्छुक १६ जना प्रतियोगीहरु समावेश गरिएको उक्त प्रतियोगिता दोश्रो संस्करण हो । प्रतियोगितामा फस्ट रनर अप इभा जैशवाल र सेकेन्ड रनरअप प्रिया गुरुङ विजेता छानिए छन् । यस्तै विभिन्न बिधागत उपाधीहरुमा प्रिया गुरुङ बेस्ट वाक र जब बिजेता (यति एयरलाइन्स), नितिशा बिष्ट बेस्ट फिगर, सिमा गुरुङ बेस्ट पर्शनालिटी, दिपु शेर्पा मस्ट कन्फिडेन्ट, करुना नगरकोटी मस्ट डिसिप्लेन, मञ्जली लामा मस्ट पङ्चुअल, इभा जैशवाल मस्ट ब्यूटीफुल र मस्ट पपुलर, स्वेच्छा बस्नेत बेस्ट स्माइल, प्रकृती अधिकारी बेस्ट पर्फमरका रुपमा छनौट भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल उपस्थित रहनु भएका थिए भने प्रतियोगिताको निर्णायकको रुपमा बरिष्ठ अधिबक्ता गणेश केसी, टर्किस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्ला टन्कर केसिइ, अन्तर्राष्ट्रिय मोडल तथा एक्टर दिपक घिमिरे, पूर्व क्याविन क्रिउ कतार एयरवेज र सौर्य एयरलाइन्स अर्चना मिश्र रहेको छ । नाट कलेजको आयोजना र कृजोना मिडिया ग्रुपको इभेन्ट ब्यवस्थापन रहेको प्रतियोगिताको कोरियोग्राफी लभिन अन्सारीले गरेका हुन् ।
करिब १ महिना लामो बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो ।

नेपाल बायुसेवा निगम र गिता एभिएसनको मुख्य प्रायोजन साथै ट्रयाङ्कुलिटी स्पा र मुक्तिनाथ बिकास बैंकको सह प्रायोजन रहेको नाट मिस एयर हस्टेस इन्टरनेशनल सिजन २ का विजेताले एयर हस्टेस तालिममा शतप्रतिशत छात्रावृत्ति, अमेजमन ग्रुपको तर्फबाट १ वर्षको लागि ब्राण्ड एम्बेसेडर र सिंगापुर भ्रमण, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने छन् ।

TPs_TPs_4C7A8136.jpg

TPs_4C7A7907.jpg
TPs_4C7A8152.jpg
TPs_4C7A8136.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार