Logout

चर्चामा

लोसपा नेपाल दोलखा जिल्लाको निर्वाचन क्षेत्र नः १ मा घरदैलो अभियान तीव्र

992 Shares

दोलखा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दोलखा जिल्लाको निर्वाचन क्षेत्र नः १ मा बृहत् भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ। 

दोलखामा लोसपा नेपालबाट प्रतिनिधिसभामा गोपाल नेपाली र प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर १(क) बाट जितबहादुर जिरेलले उम्मेदवारी दिएका छन्। 

स्थानीयसँगको भेटघाटमा प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपालीले यस निर्वाचनमा दोलखा निर्वाचन क्षेत्र नः १ का जनताले आफुलाई जिताएर पठाउनेमा ढुक्क छु र जनताले गरेको योगदान आफूले नबिर्सिने बताए। यस पटकको निर्वाचनमा पनि लोसपा पार्टीको मूलधारका उम्मेदवारलाई जिताउन दोलखाले योगदान गर्ने नेपालीले विश्वास व्यक्त गरे। 

उम्मेदवारहरूले दोलखाको योजनाबद्ध विकासको गुरुयोजना आफूहरूले थालेको बताउँदै आएका छन्।

प्रदेश सरकारबाट आफूहरूले थालेका विकासका अधूरा योजना पूरा गर्न चुनावी मैदानमा उत्रिएको उनीहरुको दाबी छ। दोलखाको भौतिक पूर्वाधारलगायत योजनाबद्ध विकासको मास्टर प्लान तयार बनाएर अगाडी बढ्ने प्रदेश सभा उम्मेदवार जिरेलले बताएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार