Logout

चर्चामा

हितबहादुरलाई लखेटिएको आँगनमा बद्री मैनालीलाई स्थानीयले गरे भव्य स्वागत (फिटोफिचर)

2.8k Shares

नुवाकोट । आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट क्षेत्र न १ मा घरदैलो तिब्र रुपमा आगाडी बढेको छ ।आज ककनी गाउँपालिका १,२,३ अर्थात् कागती गाउँ,बिरुवा,सिउडेनी,ढुङ्गाना गाउँ,चाउथे लगायतमा घरदैलो सकिएको छ । गठबन्दन संग एक्लै चुनाबमा भिडिरहेको एमालेको जित्ने सम्भावना लगभग निश्चितनै भएको बुजिन्छ ।

घरदैलो कार्यक्रममा जनताको उलास्मय उपस्थिति रहेको थियो । केहिदिन अगाडी यसै क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार हितबहादुर तमाङलाई जनताले लखेटेको आँगनमा आज स्थानीयद्वारा नेकपा एमालेबाट प्रतिनिधि सभा उम्मेद्वार बद्री मैनाली र बागमती  प्रदेश उम्मेद्बार पूर्णलाल श्रेष्ठलाई स्थानीयले भव्य स्वागत गर्दै जितको अग्रिम शुभकामना ब्यक्त गरेका छन । 

यस्तो चुनावी माहोलले लगभग मैनाली र श्रेष्ठले चुनाव जित्ने सम्भावना बलियो बनेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार