नुवाकोट । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा नुवाकोट क्षेत्र नं.१ मा एमालेको पक्षमा व्यापक जनलहर आएको छ ।
एमाले क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटीले शिवपुरी वडा नं.१ ,२ ३ मा आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनसागर नै उर्लिएको छ । नेकपा एमालेको नुवाकोटका अध्यक्ष , पूर्वमन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार बद्रि मैनाली तथा यसै क्षेत्रका प्रदेशसभा ‘क’ एमालेका उम्मेदवार सुशील खड्का र बागमती प्रदेशका समानुपति उम्मेदवार सुरज शेर्पाको पक्षमा स्वतस्फुर्त रुपमा स्थानीयवासीले स्वागत गर्दै घरदैलो कार्यक्रममा सहभागिता जनाए ।
सयौंको संख्यामा रहेको घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्नो घरको अगाडी स्वागत गरेका थिए । सयौंको संख्यामा स्थानीयवासीले एमाले उम्मेदवार मैनाली तथा खड्कालाई स्वागत गर्दै माला, खादा तथा अविर लगाई स्वागत गरे र अग्रिम विजयको शुभकामना व्यक्त गरे । उक्त क्रममा स्थानीयवासीको उत्साहलाई हेर्दा घरदैलो जस्तो नभई विजय उत्सव जस्तै बनेको थियो । माला तथा खादालाई संहालेर राख्न समेत नसक्ने गरी स्थानीयवासीले उम्मेदवारलाई स्वागत गरिएका थिए । घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले एमालेको जानवादी गीतहरु गाउँदै नाचगान समेत गरेका थिए । एमालेको उम्मेदवारलाई विजयको घोषणा गर्न मात्र बाँकी रहेको उल्लेख गर्दै स्थानीयवासीले विजयको माला समेत तयार गरिसकेको बताए ।
उनीहरुले नुवाकोटको विकास र समृद्धिको लागि बद्रि मैनाली र सुशील खड्का को विकल्प नभएकाले पार्टी भन्दा माथि उठी भक्तपुरको विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई विजयको शुभकामनासहित ठाउँ ठाउँमा स्वागत गरेको उल्लेख गरे । स्वागत गर्ने स्थानीयवासीले एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताए । उनीहरुले स्वागतका क्रममा ‘मंसिर ४ एमाले सरकार’, ‘बद्रि -सुशील जिन्दावाद’, ‘नुवाकोटवासीले के भन्छन्, बद्रि -सुशील ले भन्छन्’, ‘सूर्यमा छाप झ्याप झ्याप’ लगायतका उम्मेदवार मैनालीको नेतृत्वमा भएका विकासका कार्यहरुलाई नारा लगाई भव्य रुपमा स्वागत गरेका थिए ।
स्वागतलाई ग्रहण गर्दै एमाले उम्मेदवार बद्रि र सुशीलले जनताको स्वागत र आशिर्वादले विजयी निश्चित रुपमा हुने उल्लेख गर्दै जनताको चाहना शतप्रतिशत पुरा हुने विश्वास दिलाउनुभयो । जनताको एक मतले आफुहरुले पाँच वर्ष जनतालाई सेवा गर्ने उल्लेख गर्दै बद्रि र सुशीलले जनमतबाट विजयी घोषणा भएपछि नुवाकोटको विकास र समृद्धिको ठूलो जनपक्षीय अभिभारको जिम्मेवारी एमाले र एमालेका जनप्रतिनिधिको काँधमा आउने र त्यसलाई सहर्स रुपमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा पार्टी प्रवेश गर्नेको लहर लागेको थियो । पार्टी प्रवेश गर्नेमा नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता र नेकपा माओबादीका पूर्व लडाकु,वडा कमिटीका सदस्य सहित सय भन्दा बढीले एमाले प्रवेश गरेका थिए ।



