Logout

चर्चामा

एमाले गण्डकीको घोषणापत्र : अधुरा काम पूरा गर्न एमालेकै सरकार

409 Shares

पोखरा । २०७४ सालको निर्वाचनमा नेकपा एमाले गण्डकीको घोषणापत्रअनुसार पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले २ वर्षभित्र सबैको पहुँचमा खानेपानी र बिजुली पुर्‍याउने पहिलो निर्णय गर्‍यो । पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय पनि पहिलो बैठकले गरेको थियो ।

५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने स्तरीय सडक निर्माण गर्ने, ५ वर्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार केन्द्रको स्थापना गर्ने, जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक गाउँ निर्माण गर्ने, सरकारको कार्यसम्पादनलाई छिटो छरितो र जनताप्रति उत्तरदायी बनाउन विद्युतीय सुशासन प्रणाली सुरु गर्ने र ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेलमैदान निर्माण गर्ने निर्णय पनि पृथ्वीसुब्बा नेतृत्वको पहिलो बैठकले निर्णय गरेको थियो ।

तर केही सुरु नै हुन सकेनन् भने केही योजना अधुरै रहे । पृथ्वीसुब्बाको सरकार ढलेपछि पनि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पनि ती योजना पूरा गर्न सकेन ।

नेकपा एमाले गण्डकी प्रदेशले तिनै असफल योजनाहरु समेटेर आइतबार नयाँ घोषणपत्र जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार