Logout

चर्चामा

प्रधानमन्त्रीसहित कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्दै

1.5k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी पदाधिकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन् ।

देउवा पदाधिकारीसहित राष्ट्रपति भण्डारीलाई भेट्न आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवास जाने कांग्रेस स्रोतले जनाएको छ ।

भेटको एजेण्डाबारे खुलाइएको छैन । यद्यपि नागरिकता विधेयकबारे नै छलफल गर्न लागिएको बुझिएको छ । पछिल्लो समय विधेयकले गर्दा राष्ट्रपति र सरकार र सत्तारुढ दलसँग दुरी बढेको अवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार