Logout

चर्चामा

जिसस बाजुरामा एमाले उम्मेदवार निर्विरोध निर्वाचित

1.4k Shares

बाजुरा । जिल्ला समन्वय समिति बाजुराको प्रमुख,उपप्रमुख लगायत सबै उम्मेदवारहरु निर्विरोध हुनुभएको छ । यहाँ ९ वटा पालिकाका मेयर र उपमेयर अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता रहेकामा एमालेसँग १२ मत रहेको थियो।

समन्वय समिति बाजुरामा एमालेको एकल उम्मेदवारी परेको थियो । एमालेसँग १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हो ।

नेकपा एमालेबाट समन्वय प्रमुखमा गौंमुल गाउँपालिकाका तुलसीराम रोकाया, र उपप्रमुखमा जगन्नाथ गाउँपालिकाकी लाछु सार्कीसहित खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतारा महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्बा देवी विक निर्विरोध निर्वाचित हुनुभएको हो ।

जिल्लाका ९ वटा स्थानीय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका, गौमुल, जगन्नाथ गाउँपालिकामा गरी ४ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिवेणी नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका गरी २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली काँग्रेसले जितेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार