काठमाडौं । नागरिकता विधेयकको विरोधमा राप्रपा नेपाल सम्बद्ध युवक, विद्यार्थी र युवा मोर्चाले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेका छन्।
संसदबाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनबर्गीय संगठनहरूले प्रदर्शन गरेका हुन्।
नागरिकता कागजको खोस्टो मात्र होइन भन्दै उनीहरूले प्रदर्शन गरेका छन्।
नागरिकता विधेयकको बुदाँहरु विवादास्पद, अनुचित र राष्ट्रहित विपरित भएको बिरोधमा प्रदर्शन गरिएको उनीहरूको भनाइ छ।
विवाह गर्ने वितिक्कै कुनै पनि विदेशीले तत्काल नागरिकता पाउने नीति दुनियाँमा कही नभएको भन्दै नेताहरूले आक्रोश ब्यक्त गरेका छन्।
सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा दुई मत नभएको तर विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाढ्ने विषय अस्वीकार्य भएको नेताहरुले बताएका छन्।
बिशालगरबाट सुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी, चिनियाँ दुतावास हुँदै बालुवाटार पुगेको थियो। प्रदर्शनकारीमध्ये विद्यार्थी नेता सन्दीप खड्का पक्राउ परेका छन्।