Logout

चर्चामा

उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

1.7k Shares

काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख पदका लागि शुक्रबार हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) बाट सांसद विद्या भट्टराई उम्मेदवार बन्नुभएको छ ।

कास्की निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद भट्टराईले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । उपसभामुख पदको निर्वाचनका लागि प्रकाशित निर्वाचन तालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता आज असार ३० गतेलाई तोकिएको थियो भने भोलि ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा मतदान हुनेछ ।

सत्ता गठबन्धन दलहरूका तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल उम्मेदवार हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार