Logout

चर्चामा

काँग्रेस बैठक आज पनि बस्दै, मन्त्रीहरुले जवाफ दिने

544 Shares

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आम चुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णताका विषयमा छलफल केन्द्रित छ ।

सरकारले गरेका काममाथि बैठकमा प्रश्न उठेपछि आजको बैठकमा काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको छ ।

भोलि बोल्न बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेर बैठक समापन गर्ने काँग्रेसको तयारी छ । सोमबारदेखि जारी बैठकमा काँग्रेसका ८३ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । केन्द्रीय केन्द्रीय सदस्यले बैठक आफ्नो धारणा राख्दा गठबन्धनको पक्षमा उभ्याएको प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ ।

उनले भने, ‘अधिकांश साथीहरुले गठबन्धन गरेर जानुपर्ने मत राख्नु भएको छ ।’ सोमबार बोलेका केही नेताले गठबन्धनको विपक्षमा मत राखेपनि मंगलबार र बुधबारको बैठकले गठबन्धनको पक्षमा काँग्रेस उभिने प्रस्ट संकेत देखाइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार