Logout

चर्चामा

माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

574 Shares

काठमाडौं । आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ ।

अर्को बैठक मंगलबार दिउँसो एक बजे बस्ने तय भएको एक नेताले जानकारी दिए । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार