Logout

चर्चामा

गायिका दिलमाया सुनारको रहस्यमय मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

674 Shares

लोक गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी छन्। शनिबार बिहान काठमाडौंस्थित आफ्नै डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।

मृत भेटिनुअघि उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले जीवनसँग हार खाएको उल्लेख गरेकी थिइन्। शुक्रबार साँझ आफूलाई बाँच्न मुस्किल भएको भन्दै स्टाटस लेखेकी सुनार शनिबार मृत अवस्थामा फेला परेकी हुन्।

सुर्खेतकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्थिन्। सुनारको मृत्युबारे अनुसन्धान थालेको प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

श्रेष्ठ शनिबार बिहान मृतक सुनारको कोठामा गएको पुष्टि भएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गायिका दिलमाया लाइभ दोहोरीका कारण चर्चामा थिइन।

उनले गायक राजु परियारसँग मिलेर गाएका केही गीत निक्कै चर्चित छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार