Logout

चर्चामा

एमाले संसदीय दलको बैठक आज बस्दै

695 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ ।

बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ ।

यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यसपटकको संसदीय दलको बैठकमा के गर्छन् भन्ने टुङ्गो छैन ।

यद्यपि प्रमुख सचेतक विशाल भट्टराईले भने एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइने बताउनुभयो । सर्वोच्च अदालतले एमाले व्यूंत्याएपछि संसदीय दलको बैठक तीन पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार