771
Shares
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी भविव्यको चिन्ता गर्नुपर्ने अवस्था नभएको बताएका छन्। एमालेभित्रबाटै राष्ट्रिय शक्ति निर्माण सम्भव भएको महासचिव पोखरेलको भनाई छ।
सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले आग्रहपूर्ण विचर प्रवाह नगर्ने र इमान्दारिता पूर्वक लाग्दा पार्टी भविष्यको चिन्ता लिनुपर्ने अवस्था नभएको बताएका हुन्।
‘नेकपा (एमाले) को मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकतावद्ध बनाउने काममा इमान्दारिता पूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने। ‘मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा (एमाले) भित्रबाटै सम्भव छ।’