Logout

चर्चामा

प्युठानमा एमाले बन्यो पहिलो दल !

1.4k Shares

प्युठान । नौ वटा पालिका र ६४ वटा वडा रहेको प्युठानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुनः पहिलो दल बनेको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नौ वटामध्ये दुई वटा गाउँपालिका प्रमुख/उपप्रमुख र ६४ वटामध्ये २० वटा वडामा जित हासिल गरेको एमाले प्राप्त लोकप्रिय मतका आधारमा पुनः पहिलो दल बनेको हो । यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमार्फत पनि एमाले पहिलो दल नै बनेको थियो ।

हालै सम्पन्न निर्वाचनबाट दोस्रो दल नेपाली कांग्रेस, तेस्रो दल नेकपा (माओवादी केन्द्र) र चौथो दल राष्ट्रिय जनमोर्चा बनेको छ । यसअघि कांग्रेस दोस्रो, राष्ट्रिय जनमोर्चा तेस्रो र माओवादी केन्द्र चौथो दल बनेको थियो ।

हालै सम्पन्न निर्वाचनमा २० वटा वडा जितेको एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ भने २० वटै वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत मात्रै पाएको छ । त्यस्तै १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ ।

त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले १ हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एसले १ हजार ३२२ मत, एउटा वटा जितेको स्वतन्त्र उम्मेदवार (हाँस चिह्न) ले ६३१ मत र एउटा वडा जितेको स्वतन्त्र उम्मेदवार (लौरो चिह्न) ले ६१४ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार