Logout

चर्चामा

सिन्धुलीको तीनपाटनको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

576 Shares

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर निर्वाचित भएका छन् ।

९ हजार २३९ मत ल्याउँदै थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनी २०७४ सालको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । थापाका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेलवार छत्रबहादुर दाहालले ८ हजार ४२ मत पाए ।

२०७४ को निर्वाचनमा पनि दाहाल थापामगरसँग १९ मतअन्तरले पराजित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका छन् ।

उनले ८ हजार ३९९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्दी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ मत पाइन् । तीनपाटनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार