Logout

चर्चामा

एमालेले गर्यो पाँच दलीय गठबन्धनलाई क्लिनस्वीप, एक सदस्यसम्म पनि जित्न सकेनन

1.1k Shares

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा एमालेका मुक्तबहादुर सारु र उपाध्यक्षमा तीरनकुमारी श्रेष्ठ निर्वाचित भएका छन ।

अध्यक्षमा सारुले ६ हजार ६ सय ५२ मत प्राप्त गरेर निर्वाचित हुँदा कांग्रेसका गोविन्द अर्यालले ३ हजार ४ सय ६६ ल्याए। त्यसै गरी उपाध्यक्षमा तीरनले ६ हजार ६ सय ९ ल्याएर निर्वाचित हुँदा माओवादीका रामप्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गरे ।

निस्दीका सात वटै वडामा नेकपा एमाले विजयी भएको छ । त्यस्तै सदस्य, महिला सदस्य र दलित सदस्यमा पनि एमाले विजयी भएको छ । वडाध्यक्षहरूमा निस्दी १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी भएका छन् ।

निस्दीमा २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष हित ५ वटा वडामा नेकपा एमाले विजयी भएको थिए । वडा नम्बर १ र ७ नेपाली कांग्रेसले जितेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार