Logout

चर्चामा

काठमाडौं महानगरमा एमाले उम्मेदवार डंगोललाई लोकप्रिय मत

1.1k Shares

काठमाडौं । काठमाडौं महानगरपालिको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिनु भएको छ ।

प्रारम्भदेखि नै अग्रता कायम गर्नुभएकी डंगोलले ६ सय २ मत ल्याउनु भएको छ । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्‍याउनु भएको हो ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ र स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याउनु भएको छ ।

यस्तै साझा पार्टीकी कृति तुलाधले ३५ मत पाउनु भएको छ । राष्ट्रियसभा गृह अहिले महानगरपालिको १, २, ३, ४ र ३२ वडाको मतगणना भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार