Logout

चर्चामा

बैत्येश्वर–१ र २ मा बुथ कब्जा : एमाले र माओवादीद्वार मतदान पछि सार्न माग

1.3k Shares

चरिकोट । दोलखाको बैत्येश्वर गाउँपालिका पुःन असान्त बनेको छ । स्थानी तह सदस्य निर्वाचनको लागि शुक्रबार विहान मतदान सुरु हुँनै लाग्दा बैत्यश्वर गाउँपालिका वडा नम्बर–१ गैरीमुदी र वडा नम्बर–२ पुतलीकाठ मतदान स्थल असान्त बनेको छ । वडा नम्बर –१ गैरीमुदीको पिपलबोट स्थित मातदान स्थलमा नेपाली कांग्रेसले परिचालन गरेका युवाहरुले बुथ नै कब्जा गरेर एकछापे मतदान भइरहेको स्वतन्त्रबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार छविलाल मोक्तानले जानकारी दिनुभयो ।

उहाँले नेपाली कांग्रेले तीन सय भन्दा बढि भाडाको युवाहरु ल्याएर एमाले र माओवादीलाई बाटो छेक्दै बुथनै कब्जा गरेको बताउनुभयो । यता वडा नम्बर २ पुतलीकाठमा पनि भाडाका युवाहरुले ढुङ्गामुडा गरेपछि मतदाताहरु असुरक्षित भएका छन् ।एमाले र माओवादी पक्षलाई मतदान स्थलमा जानै नदिई बुथ लुट्न लागेपछि प्रहरीले हवाइफायर गरेको छ ।हवाइफायरपछि केहि शान्त भएपनि मतदाताहरु डरले मतदान स्थल पुग्न नसेको मोक्तनले बताउनुभयो ।

‘आहिले पनि भोट हाल्न सकिने अवस्था छैन्, भाडाका युवाहरुले गौडा ढुकेर, बाटो छेकेर मत हाल्न दिएको छैन्।’यसैबीच नेकपा एमाले र नेकपा माओवादीले भने मतदन पछि सार्न माग गरेको छ । पुतलीकाठ मतदान स्थलमा कारिब १९५० जना मतदात छन् भने गैरिमुदी मतदान स्थलमा कारिब २५०० मतदाता रहेका छन् । यो क्षेत्रमा यसअघि पनि नेपाली कांग्रेसले गुण्डा परिचालन गरि बुथ लुट्दै जित हासिल गरेको एमाले र माओवादीको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार