Logout

चर्चामा

मौन अवधिमा भरतपुरमा प्रचण्डको चलखेल ,चितवन एमालेको आपत्ति

1.3k Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार चितवनको माडी गएपछि मौन अवधिको उल्लंघन भएको भन्दै चितवन एमालेले आपत्ति जनाएको छ ।

अध्यक्ष दाहाल भरतपुरका मतदाता हुन् । उनी बुधबारदेखि नै चितवन आएर बसेका छन् । भरतपुर र माडी दाहाल प्रतिनिधि सभा सदस्यमा विजयी भएको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ । भरतपुर र माडी दुवै नगरपालिकामा सत्तारूढ गठबन्धनबीच चुनाबी तालमेल हुँदा मेयर नेकपा माओवादी केन्द्र र उपमेयर नेपाली कांग्रेसले पाएको छ । 'मौन अवधिमा माडी गएर होटलमा कार्यक्रम गरेर नेता कार्यकर्ताहरूलाई भेटेको जानकारी आयो ।

यो आचारसंहिताको उल्लंघन हो,' एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने । माडी नगरपालिकाको माओवादी केन्द्रका नगरसमिति अध्यक्ष प्रभुप्रसाद महतोले दाहाल माडी आए पनि मतदाता या कार्यकर्तालाई नभेटेको बताए । 'मेयर उपमेयरका उम्मेदवार र गठबन्धन दलका अध्यक्षसम्मलाई भेटेर होटलमा चिया खाएर फर्कनु भयो ।

भरतपुर आएर बसेका बेलामा माडी पुगेर फर्कने बाहेक अरू उद्देश्यले आएको देखिएन,' नगर अध्यक्ष महतोले भने । चितवन एमालेले बिहीबार प्रेस विज्ञप्ति निकालेर माओवादी अध्यक्ष दाहालसहित चितवनमा मन्त्री उमा रेग्मी र किसान श्रेष्ठ तथा राज्यमन्त्री उमेश श्रेष्ठले पनि मौन अवधिको पालना नगरेर भेटघाटलाई तीव्रता दिएको आरोप लगाएको छ ।

एमालेले दाहालसहित मन्त्रीहरूको गतिविधि छानबिन गरी दोषी देखिए भरतपुर र माडीका उम्मेद्वारहरूको उम्मेद्वारी रद्द गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

biguapti_JIabHmcsYg.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार