Logout

चर्चामा

माओवादी कार्यकर्ताले कुटे ६७ वर्षीय वृद्धा

709 Shares

रोल्पा । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूले रोल्पाको सुनछहरी गाउँपालिकामा ६७ वर्षीय वृद्घा महिलालाई कुटपिट गरेका छन् । 

सुनछहरी गाउँपालिका–५ जैमाकसलाका एमालेबाट वडाध्यक्षका उम्मेदवार तीर्खबहादुर विष्टकी आमा ६७ वर्षीया सत्मा बुढाथोकीमाथि उनीहरुले निर्घात कुटपिट गरेका हुन्।

माओवादीबाट वडाध्यक्षका उम्मेदवार देवीलाल रोकामगरको निर्देशनमा स्थानीय तानसरी विष्ट र श्याम विष्टले उनीमाथि कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । 

उनीहरुले विष्टलाई घरबाहिर बोलाएर कुटपिट गरेका हुन् । पीडित महिलाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ ।

पीडित परिवारले इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दर्ता गराएका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार