Logout

चर्चामा

मनाङ र मुस्ताङमा पनि एमालेबाट गाउँपालिका उपाध्यक्षसहित ४ वडाध्यक्ष निर्विरोध

1.8k Shares

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार मनाङ र मुस्ताङमा पनि निर्विरोध भएका छन् ।

मनाङको नार्फाभुमि गाउँपालिका उपाध्यक्ष र मुस्ताङको लोकध्याकर दामोदरकुण्ड गाउँपालिकाको वडा १, ३, ४, ५ को वडा अध्यक्ष निर्विरोध निर्वाचित बनेका हुन् ।

यसअघि डोल्पा र ताप्लेजुङमा पनि एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो पनि हेर्नुहोस्

नेकपा एमाले प्रदेश कमिटीले अध्यक्षको उम्मेद्वार बनाएर पठाएका व्यक्ति उपाध्यक्षमा निर्विरोध भएका छन् । एमालेले मनाङको नार्पाभूमी गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई उठाउने निर्णय गरेको थियो । तर उनी उपाध्यक्ष बनेका हुन् ।

उनी निर्विरोध भएको एमाले सचिव एवं गण्डकी प्रदेशकी इन्चार्ज पद्मा अर्यालले जानकारी दिएकी छिन । अध्यक्षमा कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा सहित ३ जना उठेका छन् ।

कांग्रेसबाटै कृष्णबहादुर लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेद्वारी दिएका हुन् । अध्यक्षमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ ।

यस्तै, वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भए । बाँकी २ वडामा २/२ जना उठेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार