Logout

चर्चामा

घोराहीको मेयर उम्मेदवारमा माओवादीबाट हेमराज शर्मा सिफारिस

811 Shares

दाङ । नेकपा माओवादी केन्द्रले घोराही उपमहानगरको मेयर उम्मेदवारमा हेमराज शर्मालाई सिफारिस गरेको छ । सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी गरिएको घोराही नगर कमिटीका इन्चार्ज निर्मल महाराले जानकारी दिए ।

बुधबार केन्द्रबाट ढिलो परिपत्र आएकाले जिल्लामा बिहीबार गठबन्धनको बैठक बस्ने पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । बिहीबार बस्ने बैठकले घोराहीमा गठबन्धनबाट शर्मालाई साजा उम्मेदवार घोषणा गर्ने उनले बताए । यसअघि माओवादी केन्द्रबाट जीवन गौतमको नाम चर्चामा थियो ।

पार्टीका जिल्ला इन्चार्ज समेत रहेका गौतम ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए । उनी यसपटक पनि घोराही उपमहानगरको प्रमुख पदको आकांक्षी र बलियो दाबेदार मानिन्थे । तर गौतमले माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरिसकेका छन् ।

माओवादी केन्द्रमा गौतमपछि शर्मा दोस्रो आकांक्षी थिए । नेता शर्मा माओवादी विभाजन हुँदा मोहन वैद्य किरणको साथमा थिए । पछि नेता बादलसँगै उनी माओवादीमा फर्केका थिए ।

उनी नेता कृष्णबहादुर महरा निकट मानिन्छन् । यता, कांग्रेसबाट घोराहीमा भुपबहादुर डाँगी आकांक्षी थिए । केन्द्रमा भएको सत्ता गठबन्धनको निर्णय अनुसार घोराहीमा कांग्रेसले उपप्रमुख पाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार