जनकपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा मधेशमा एमालेको झनै बढेको छ ।
मधेशमा एमाले कमजोर छ भन्ने कुरालाई दैनिक सयौँको संख्यामा एमाले प्रवेश गर्नुले खण्डित गरेको छ ।
पछिल्लो पटक मधेशको स्थानीय तहका प्रभावशाली २३ जनप्रतिनिधि एमालेमा प्रवेश गरेका छन् ।
विशेषगरी प्रभु शाह र ज्वालाकुमारी शाह एमालेमा आएसँगै मधेशबाट एमालेमा क्रेज बढेको हो । उनीहरुले रोजेपछि विशेषगरी माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गर्न थालेका हुन् ।
त्यस्तै, वीरगञ्जका मेयर विजय सरावगी एमालेमा आउनुले एमालेप्रतिको आकर्षण झनै बढेको छ ।
एमाले रोज्नेले मात्रै नभएर अन्य पार्टीकाले समेत अब देश र मधेशको विकासका लागि एमाले मात्रै विकल्प भएको अभिव्यक्ति दिन थालेका छन् ।
एमाले केन्द्रीय प्रचार विभागका सदस्य महेश दासका अनुसार मधेसका विभिन्न स्थानीय तहका तीन प्रमुख र तीन उपप्रमुखसहित २३ जनप्रतिनिधिहरुले एमाले प्रवेश गरेका छन् ।
को-को प्रवेश गरे त एमालेमा ?
पर्सा
प्रमुख–३ उपप्रमुख–३
१. वीरगन्ज महानगरपालिका प्रमुख विजय कुमार सरावगी (जसपा)
२. छिपहरमाई गाउँपालिका प्रमुख मनोजकुमार गुप्ता (माओवादी)
३. जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ (माओवादी)
४. धोवीनी गाउँपालिकाका उपप्रमुख पारसनाथ प्रसाद कुर्मी (जसपा)
५. सखुवाप्रसौनि गाउँपालिकाका उपप्रमुख फुलमतीकुमारी थरुनी (जसपा)
६ बहुदरामाई नगरपालिकाका उप प्रमुख गायत्री देवी (कांग्रेस)
बारा
प्रमुख–१
१. आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी (जसपा)
रौतहट
प्रमुख–४ उपप्रमुख– ६
१. इशनाथ नगरपालिका प्रमुख सन्तोष कुमार मेहता (कांग्रेस)
२. कटहरिया नगरपालिका प्रमुख सीताराम प्रसाद कुशवाह (माओवादी)
३. मौलापुर नगरपालिका प्रमुख रीना कुमारी साह (माओवादी)
४. राजपुर नगरपालिका प्रमुख मो सकिल अख्तर (कांग्रेस)
५.देवाही गोनाही नगरपालिका उप प्रमुख परनिया देवी (माओवादी)
६. फतुवा विजयपुर नगरपालिका उप प्रमुख कौशिला राउत जयसवाल (माओवादी)
७.मौलापुर नगरपालिका उप प्रमुख गौरी शंकर प्रसाद (माओवादी)
८. यमुनामाई गाउँपालिका उप प्रमुख गीतादेवी साह (माओवादी)
९. राजदेवी नगरपालिका उप प्रमुख अंशु सिंह (जसपा)
१०.बौधिमाई नगरपालिका उपप्रमुख प्रेमलता कुसवाह (जसपा)
सर्लाही
प्रमुख–१
१. कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव (लोसपा)
महोत्तरी
प्रमुख १ उप प्रमुख २
१. सम्सी गाउँपालिका प्रमुख शेष फारुक (माओवादी)
२.जलेश्वर नगरपालिका उपप्रमुख मनचुन देवी (लोसपा)
३. पिपरा गाउँपालिका उप प्रमुख विनोदकुमार चौधरी (लोसपा)
धनुषा
उप प्रमुख २
१. गणेशनाथ चारनाथ नगरपालिका उप प्रमुख मीनाकुमारी यादव (माओवादी)
२. विदेह नगरपालिका उपप्रमुख निलम कुमारी देवी (माओवादी)

