501
Shares
नेकपा एमाले गुल्मीको मुसिकोट नगर कमिटीले पुराना नेता जीवन खरेललाई नगर प्रमुख पदको उम्मेदवारको रुपमा खडा गरेको छ ।
बिहीवार बसेको नगर कमिटीको बैठकले नेता खरेललाई सर्वसम्मत उमेदवार चयन गरी जिल्लामा सिफारिस पठाउने निर्णय गरिएको नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताए ।
त्यस्तै उपमेयरमा कमला शर्मा, सीता भुसाल र गङ्गा श्रेष्ठको नाम सिफारिस गरिएको बैठकमा सहभागी एक नेताले बताए । अघिल्लो निर्वाचनमा एमाले कै नेता सोमनाथ सापकोटाले नगर प्रमुख जितेका थिए ।
त्यतिबेला प्रमुख तीन पार्टी एक्ला एक्लै लड्दा खासै ठूलो अन्तरले नजितेको एमाले विरुद्ध अहिले सत्ता गठबन्धन एक हुने देखिएको छ ।