Logout

चर्चामा

पीएनजीविरुद्ध नेपालको ७ विकेटको जित, भुर्तेल र आरिफको अर्धसतक

759 Shares

‘क्रिकेट वर्ल्ड कप लिग टू’ अन्तर्गतको खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध सानदार जित हात पारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुवैमा जारी प्रतियोगिता अन्तर्गतको चौथो खेलमा ७ विकेटको जित हात पारेको हो । यो दुबईमा जारी लिग अन्तरगतको चौथो खेलमध्ये दोस्रो जित हो ।

यसअघि, अघिल्लो जित पनि पीएनजीविरुद्ध नै थियो । यूएईसँगको दुई वटा खेलमा भने नेपाल निरन्तर हारेको थियो । आज नेपाललाई जित दिलाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ५० रन र टप अर्डर ब्याट्सम्यान आरिफ शेखले ५९ रन बनाए ।

यी दुई जनाको उत्कृष्ट ब्याटिङपछि तीन विकेटको क्षतिमा नेपालले ७८ बल बाँकी छँदै टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले दिएको १७३ रनको लक्ष्य भेट्यो । नेपालका लागि रोहित पौडेलले ४४ रन बनाउन सके भने आसिफ सेखले जम्मा २ तथा दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा १७२ रन बनाएको थियो ।

त्यसक्रममा कप्तान असद भालाले सर्वाधिक ४५ रन, च्याड सोपरले २२ रन र लेगा सियाकाले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले नेपालको बलरसामु खुलेर खेल्न सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमकाल कामीले समान २÷२ विकेट लिए ।

यस्तै, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र पवन शर्राफले समान १÷१ विकेट लिए । आजको जित सँगै लिगमा १२ खेल खेलको नेपाल ६ जित र ६ हारसहित छैटौं स्थानमा छ । प्रतियोगितामा १२ अंक बटुलेको नेपालभन्दा पछाडी पीएनजी मात्रै छ । लिगको बिजेता टोली सन् २०२३ मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकपका लागि छनोट हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार