Logout

चर्चामा

अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह आफ्नो समूहसहित भोलि एमाले प्रवेश गर्ने

1.1k Shares

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

उनीहरु दुवै जनालाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमाले निकट स्रोतले बताएको छ ।

स्रोतकाअनुसार समाजवादी जनता पार्टीका अध्यक्ष समेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् । उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्ने बताइएको छ ।

यो पनि हेनुहोस 

 एमालेले स्थानीय तह निर्वाचनका लागि बन्ने उम्मेद्वारको मापदण्ड तय गरेको छ । साेमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट बन्ने उम्मेदवारको मापदण्ड तय गरेको हो ।

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले आजकाे बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको बताउनुभयो । 'आजको बैठकमा उम्मेदवार छान्दा अपनाइने मापदण्डका विषयमा छलफल भयो । त्यसमा हामीले विभिन्न आधार अघि सारेका छौं,' उहाँले भन्नुभयो ।

पार्टीले अघि सारेको पहिलो मापदण्ड भनेको उम्मेदवारले पार्टीको नीति तथा कार्यक्रमप्रतिको प्रतिबद्धता हुनेछ । त्यस्तै जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेको हकमा भने उनीहरूको कामको मूल्यांकन नै प्रमुख मापदण्ड मानिनेछ ।

त्यस्तै उम्मेदवारको कार्यक्षमता र विकास तथा र सुशासनप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरालाई पनि हेरिने उपमहासचिवसमेत रहनुभएका प्रमुख गुरूङले बताउनुभयो । उम्मेदवारको लोकप्रियता र विजयी हुने सुनिश्चितता पनि हेरिने उहाँको भनाइ छ । पार्टीद्वारा सञ्चालित आन्दोलनहरूमा पुर्‍याएको योगदान र पार्टीप्रति उसको निष्ठा र नेपालको संविधानअनुसार सन्तुलन र समावेशीतालाई पनि मापदण्डमा राखिएको उहाँले बताउनुभयो ।

उम्मेदवार सिफारिस प्रक्रिया र विधिका बारेमा समेत छलफल भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्ष र अन्य पदाधिकारीको हकमा वडा कमिटीको सिफारिसको आधारमा पालिका कमिटीले निर्णय गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको हकमा गाउँपालिका कमिटीको सुझावमा जिल्ला कमिटीले सिफारिस गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने प्रमुख गुरूङले बताउनुभयो ।

नगरपालिकाको मेयर र उपमेयरको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर उपमेयरको हकमा प्रदेश कमिटीको सिफारिसको आधारमा केन्द्रीय कमिटीले निर्णय गर्ने प्रमुख गुरूङले बताउनुभयो ।

उम्मेदवार सिफारिस गर्दा कम्तीमा एकजना महिलासहित तीनजना लक्षित समूहको सिफारिस गर्नुपर्ने मापदण्ड रहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार