बागलुङ । उर्जाशील उमेर माअोवादीमा खर्चिएकोमा पश्चात गर्दै नेकपा माओवादी केन्द्र बागलुङ नगरका अध्यक्ष इन्द्र केसीले पार्टी त्यागेका छन । केसीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र पार्टीबाट अलग भएको घोषणा गरेका हुन । ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताको सावालमा खेलेको दोहोरो भूमिका र एमसीसी प्रकरणका कारण आजकै मितिदेखि माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।
उनले माओवादीले जनयुद्धमा उठाएको मुद्दा विर्सदै गएको आरोप लगाउदै नेता केसीले आफू माओवादी केन्द्रको राजनीतिमा दृणतापूर्वक उभिदै आएपनि पार्टी सिद्धान्त विपरित जान थालेपछि पार्टीबाट अलग हुँने निर्णयमा पुगेको उल्लेख गरेका छन ।
नेता केसीले आफू नेकपा माओवादीको सिद्दान्तबाट प्रभावित भई अहिलेसम्म निष्टपूर्वक राजनीतिमा सक्रिय रहदै आएकोमा संकटपूर्ण अवस्थामा नेकपा माओवादी र एमाले एकिकरण भएर नेकपा बनेको भएपनि सिमित स्वार्थका कारण विभाजन भएको बताए ।
आफू निरन्तर रुपमा माओवादीमै सक्रिय रहेपनि माओवादीले पुन वर्गसंर्घषको मुद्दालाई छोडेको आरोप लगाए । ‘मेरो जीवनको उर्जाशिल दिनहरु यस पार्टीमा खर्चिएको कसैका लाभका लागि नभै समाज र परिवर्तनका लागि रहेको थियो, यस क्रममा म संग क्रियाशिल सबै सहयोद्दा कमरेडहरु प्रति मेरो कुनै गुनासो छैन’विज्ञप्तीमा भनिएको छ ।
उनले विज्ञप्तिमै एमाले प्रवेशको कुरा उल्लेख गरेको नभए पनि एमाले प्रवेशका लागि नेताहरूसँग छलफलमा रहेका छन ।