Logout

चर्चामा

गोकुल बाँस्कोटाको टिप्पणी : संवैधानिक नियुक्तिको खारेजी लगभग पक्का !

752 Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताएका छन् ।

एमाले पोलिटब्युरो सदस्य र पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आईतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परामदेशी सरकार सफल भएजस्तो देखिएको’ टिप्पणी गरेका हुन् । ‘एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्छ ।

त्यो हो –स्वतन्त्र न्यायपालिकाको अन्त्य जसको प्रयोग संवैधानिक नियुक्तीको खारेजीबाट गरिने करिव पक्का’, बाँस्कोटाले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत विभिन्न संवैधानिक आयोगमा चार दर्जन भन्दा धेरैलाई नियुक्ति दिलाएका थिए । उक्त नियुक्तिविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

gokul-baskota_N0VKPShZKL.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार