644
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाईका लागि पठाउन आदेश गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि, विधान विपरित काम गरेको भन्दै १४ जना सांसदमाथि कारबाहीको माग सहित सर्वोच्चमा मुद्दा दायर गरेका थिए। १४ सांसदमाथिको मुद्दा अन्तरिम आदेश माग भएको थियो ।
अहिले सबै प्रतिवादीहरुको लिखित जवाफ पसिकेको हुनाले अन्तरिममा बोलिरहन परेन यसर्थ, पूर्ण सुनुवाइमा हुने आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए। अब यो प्रक्रिया नियमानुसार अदालतको आन्तरिक सफ्टवेयरको प्रक्रिया अनुरुप अघि बढ्नेछ ।
‘साप्ताहिक सूचना र पेशीमा प्रकाशित भएपछि यसको मिति चढ्छ । कहिले, कुन बार कुन मुद्दा चढ्छ भन्ने कुराले पनि यो निर्धारण गर्ने उनी बताउछन् ।