काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ ।
आइतबार नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कूल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८७ करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३४ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार २ सय ५१ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश स् अपि पावर कम्पनी र आइसीएफसी फाइनान्स कम्पनीको कारोबार भएको छ ।
आइतबारको कारोबारमा १३ वटै उपसुचक बढेको छ । आज नेप्सेमा एसियन लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने मेघा म्युचुअल फण्ड र प्राइम ऋणपत्रका लगानीकर्ताले अधिक गुमाएका छन् ।