Logout

चर्चामा

सिद्धबाबाविरुद्धको बलात्कार मुद्दा आज सुनुवाइ हुँदै

376 Shares

काठमाडौं । सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत (विराटनगर) मा परेको जबर्जजस्ती करणी मुद्दाको सुनुवाइ आज हुने भएको छ।

अदालतले आफ्नो वेबसाइटमा राखेको सूचनाअनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो। सिद्धबाबाका नामले परिचित धरानको चतराधाममा बस्ने कृष्णबहादुर गिरीविरुद्ध आफ्नै अनुयायी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २०७७ चैत २६ गते मुद्दा दर्ता भएको थियो ।

यसअघि सुनसरी जिल्ला अदालतले २०७७ मंसिर २२ गते उक्त मुद्दाको फैसला गर्दै करणी भएको तर सहमतिमै भएको भनेपछि पीडित २६ वर्षीया महिलाले बलात्कार नै भएको जिकिर गर्दै सिद्धबाबालाई कारबाही नै हुनुपर्ने माग राखेर उच्च अदालत ९विराटनगर० मा पुनरावेदन दिएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार