Logout

चर्चामा

ओलीद्धरा मानवाधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशन उद्घाटन

731 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको जनसंगठन राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवाधिकार एलाइन्स) को पाँचौं राष्ट्रिय महाधिवेशन सोमवार (आज) पोखरामा उद्घाटन गरेका छन् ।

मञ्चका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू खगराज अधिकारी, भानुभक्त ढकाल, डा. राजन भट्टराई, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा, पोलिट्ब्युरो सदस्य तथा संगठनका इन्चार्ज पार्वत गुरुङलगायतको सहभागिता रहेकाे थियो ।

त्यसैगरी उनी धौलागिरि दैनिकको वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ । ओली आज कास्कीको रुपा गाँउपालिकामा रहेको रुपाकोट रिसोर्टमा बस्ने बताइएको छ ।

उनी भोलि मंगलवार एमाले गण्डकी प्रदेशले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने छन् ।

2.jpg3.jpg

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार