Logout

चर्चामा

आहा ! स्वर्गको एक टुक्रा रारा (फाेटाे फिचर)

803 Shares

काठमाडौं । कर्णाली प्रदेशकै गहनाको रूपमा रहेको सुन्दर ताल रारा ताल हो ।

यो नेपालको सबैभन्दा ठूलो ताल पनि हो । जैविक विविधताको हिसाबले पनि यो ताल महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीय स्थल र कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० वटा पर्यटकीय स्थलमा सूचीकृत छ यो क्षेत्र ।

यो नेपालको उत्तर–पश्चिममा पर्ने कर्णाली प्रदेशको मुगु र जुम्ला जिल्लामा अवस्थित छ । मुगु जिल्लाको दक्षिण र जुम्ला जिल्लाको उत्तर–पश्चिममा पर्ने यस निकुञ्जको क्षेत्रफल १०६ वर्ग किमि छ । निकुञ्जको अधिकतम अर्थात् ९० प्रतिशत भाग मुगु र बाँकी १० प्रतिशत जुम्ला जिल्लामा पर्छ ।

वरिपरि हरियो कोणधारी वनजङ्गलले घेरिएको उच्च हिमाली भूभागमा रहेको आकाशको रङअनुसार आफ्नो रङ फेरिरहने रारा तालमा सल्बलाउने कञ्चन पानी यस निकुञ्जको मुख्य आकर्षण मानिन्छ । 

तस्बिर सौजन्य: निहितप्रकाश कँडेल / प्रतीक्षा बानियाँ

1.jpg

3.jpg

6.jpg

5.jpg

8.jpg

7.jpg

9.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार