530
Shares
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको गेटैनिर सडकमा प्रेसरकुकर बमजस्तै देखिने वस्तु राखिएको छ ।
भवन अगाडिको मुख्य सडकमा राखिएको उक्त वस्तु बम नै हो या तर्साउन राखिएको मात्र हो भन्ने यकीन हुन सकेको छैन । प्रेसरकुकरमा ‘नो एमसीसी’ लेखिएको छ । बम बनाएर राखेको भए सेनाको टोलीले निस्क्रिय (डिस्पोज) गर्नेछ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले उक्त स्थानमा सुरक्षाकर्मी खटाइएको छ भने डिस्पोजको तयारी भइरहेको छ । उक्त मुख्य सडक अहिले बन्द गरिएको छ ।
व्यापक विरोधका बीच आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पास गरिएको थियो ।
त्यसको विरोधमा आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायत ६ दलले बन्दको घोषणा गरेका छन् ।