पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पढाएर ढुंगा हान्न लगाएको बताएका छन् ।
शुक्रवार पोखरामा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा हान्न लगाएको बताए । उनले भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेवालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’
‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’ कांग्रेस-माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’
उनले वास्तविक कम्युनिस्ट पार्टी एमालेमात्र रहेकाे र जहाँ नेपाली त्यहाँ एमाले भइसकेको बताए । ‘गाउँमा मात्रै होइन, जहाँ नेपाली त्यहाँ एमाले । यो किन रु सुशासनयुक्त, विकासको बाटोमा देशलाई अघि बढाउन । नेपाललाई पछौटे देशबाट आधुनिक सम्मृद्ध र विकसित देश बनाउन’, ओलीको भनाइ छ ।