Logout

चर्चामा

एमसीसी संसदबाट पास गर्ने वातावरण बन्याे : संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

1k Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसदबाट पास गर्ने वातावरण बनेको बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले प्रतिनिधिसभामा टेबुल भएको एमसीसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताएका हुन्। उनले भने, ‘संसद् सुचारु गर्नका निमित्त प्रधानमन्त्रीज्यूले लचकताका साथ अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ र यो छलफलले संसद् सुचारु हुने विश्वास छ, एमसीसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्छ।’

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा संसद् सुचारु भई एमसीसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ। उनले समयसीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त गरे। मुलुकको हितका लागि आवश्यक एमसीसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने उनले बताए।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसीसीलगायतका विषयमा खुला छलफल गर्न आफूहरु तयार रहेको छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मीलाई जानकारी दिए।

आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगन भएपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार