Logout

चर्चामा

पलले प्रमाणसहित खुलाए आफूलाई फसाउने व्यक्तिहरु, दुर्गेश थापादेखि सरोज ओलीसम्म (अडियाे)

801 Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाह विरुद्ध बलात्कारको मुद्दा दायर भएको छ।
फरार पल शाहाल गायिकालाई अरुले उकासेको भन्दै पुनः उनले बिहीबार सामाजिक सञ्जालमार्फत् स्टाटस लेख्दै  आफूलाई फसाउन खोज्‍नेहरूको ‘ठुल्दाई, साथी र भाई’ भन्दै नाम सार्वजनिक गरेका छन् । उनलाई नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पल पक्राउ पर्ने डरले फरार छन् ।

जसमा पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् । पल शाहले आफूविरुद्ध उजुरी दिने गायिकालाई केही व्यक्तिले उकासेको बताएका छन् । केही अडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई आफूविरुद्ध उकासेको पलले आरोप लगाएका हुन् ।

दुर्गेश थापा, सरोज ओली, कृष्‍ण जोशी र सम्राट चौलागाईंले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले उल्लेख गरेका छन् । अडियो सार्वजनिक गर्दै पलले सबै अडियो क्लिप सुनेर के ठीक र के बेठिक छुट्याउन उनले आग्रह समेत गरेका छन् ।

यस अघि पलले फेसबुकमा अपिल राखेर ‘आफ्ना प्रतिष्पर्धीहरुले उचालेको, अडियोमा भएको आवाजै नक्कली भएको, आफुसविरुद्ध नाबालिगलाई प्रयोग गरेको’ जस्ता दाबी गरेका थिए।
पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी परेको थियो । एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।

हेर्नुस् उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१. साथी दुर्गेश थापा
२. ठुल्दाई सरोज ओलि
३. भाई कृष्ण जोशी
४. सम्राट चौलागाई

Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/…/1LCttzu4XUi…/view… 
 
Capture-7.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार