811
Shares
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वीरगंज जाने भएका छन्।
एमाले पर्साले आयोजना गर्न लागेको बृहत पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्न ओली फागुन १४ गते वीरगंज जान लागेका हुन्। एक महिनाअघि माघ ८ गते नेकपा (माओवादी केन्द्र)का तत्कालिन नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई पार्टीमा प्रवेश गराउन उनी पर्साको ग्रामिण भेग जगरनाथपुर पुगेका थिए ।
एमाले वीरगंज नगर कमिटि सचिव सुन्दर कुर्मीका अनुसार फागुन १४ गते बिहान ११ बजेदेखि ३ बजेसम्म वीरगंजको घण्टाघर नजिकै रहेको वीपी पार्कमा आमसभा तथा पार्टी प्रवेश गर्ने तय भएको छ। सो कार्यक्रममा तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह र उनको टिम पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।