894
Shares
काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक बस्दै छ ।
काठमाण्डौंको बबरमहलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो एक बजे बस्नेछ । बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायत समयसामयिक विषयमा छलफल हुने र आजको बैठकले पार्टीको ठोस धारणा तय गर्ने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।
एमसीसी सम्झौता आइतबार संसदमा टेबल भैसकेको छ । सम्झौतामाथि प्रतिनिधिसभामा भोली दिउँसो एक बजे छलफल गर्ने तयारी छ ।