952
Shares
गुल्मी । नेकपा माओवादी केन्द्रका चर्चित नेता क्याप्टेन रूपबहादुर श्रीस आफ्नो टीमसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेता श्रीस माओवादीका २८ जना प्रभावशाली ब्यक्तिहरुसहित आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाको पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा श्रीससहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । उहाँहरूलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गर्नुभयो ।
सो कार्यक्रमा नेपाली कांग्रेसका पूर्व वडासभापति चामबहादुर श्रीस पनि एमाले प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्दै श्रीसले मुलुकको समृद्धिको बाधक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेको तथ्य प्रमाणित भइसकेको कारण आफू एमालेमा आएको बताउनु भयो ।
उहाँले प्रचण्डमुक्त नेपाल बनाउनु पर्ने तथ्य पनि औल्याउनु भयो ।
जनता टाइम्सबाट